ओखलढुंगामा जिप दुर्घटना हुँदा ९ जना घाइते

हिमाल प्रेस ७ मंसिर २०८३ १२:३९ | Monday, November 23, 2026
ओखलढुंगामा जिप दुर्घटना हुँदा ९ जना घाइते

काठमाडौँ- ओखलढुंगामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। सिद्धिचरण नगरपालिका–२ खनेखर्कस्थित निशंखे–ओखलढुंगा भित्री कच्ची सडकमा आइतबार बिहान जिप दुर्घटना भएको हो।

निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन गर्न र मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जिप बिहान ७:१५ बजे सडकबाट करिब ३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

दुर्घटनामा सिद्धिचरण नगरपालिका–२ का ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की, उनका एक वर्षीय छोरा रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, सात वर्षीय आयुश मंग्राती र सात वर्षीय प्रशान्त रम्तेल घाइते भएका छन्।

२९ वर्षीया रमिला नेपाली, उनका ६ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती पनि घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी सामुदायिक अस्पताल ओखलढुंगा पठाइएको छ। उनीहरूको उपचार भइरहेको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०८३ १२:३९ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast