गान्धीको समाधिस्थलमा प्रधानमन्त्री शाहद्वारा पुष्पहार अर्पण

हिमाल प्रेस ७ मंसिर २०८३ ११:५२ | Monday, November 23, 2026
गान्धीको समाधिस्थलमा प्रधानमन्त्री शाहद्वारा पुष्पहार अर्पण

नयाँ दिल्ली- भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।

शाहले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै गान्धीको जीवन, आदर्श र अतुलनीय योगदानप्रति उच्च सम्मान प्रकट गरे।

उनले सत्य, शान्ति र अहिंसाका शाश्वत मूल्यप्रतिको दृढ प्रतिबद्धतासमेत व्यक्त गरे। भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा सम्माननीय प्रधानमन्त्री शाह भारत भ्रमणमा पुगेका हुन्। उनी आजै स्वदेश फर्किँने कार्यक्रम छ।

प्रकाशित: ७ मंसिर २०८३ ११:५२ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast