भाइटीकाको महिमासहित प्रधानमन्त्रीले दिए शुभकामना

हिमाल प्रेस २५ कार्तिक २०८३ ९:१३ | Wednesday, November 11, 2026
भाइटीकाको महिमासहित प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भाइटीकाको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत भाइटीकाको शुभकामना व्यक्त गर्दै दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र विश्वास प्रगाढको कामना गरेका छन् ।

‘आज यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीका । यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री शाहले लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् । शुभकामना १’

प्रकाशित: २५ कार्तिक २०८३ ९:१३ | Wednesday, November 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast