भोलि सांसदको जवाफ दिन संसद् बैठक पुग्दैछन् प्रधानमन्त्री, खुश्वु र हर्कसहितले दर्ता गरे प्रश्न

हिमाल प्रेस ९ भदौ २०८३ ८:१९ | Tuesday, August 25, 2026
भोलि सांसदको जवाफ दिन संसद् बैठक पुग्दैछन् प्रधानमन्त्री, खुश्वु र हर्कसहितले दर्ता गरे प्रश्न

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भोलि (भदौ १०) मा प्रतिनिधिसभामा सांसदहरूको जबाफ दिँदैछन्। यसअघि नै सभामुख डीपी अर्यालले रुलिङ गरेसँगै भोलि प्रधानमन्त्री उपस्थित हुनेछन्। संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीलाई प्रश्न सोध्न ११ सांसदले प्रश्न दर्ता गराएका छन्।

१५ वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदले प्रश्न दर्ता नगराएका हुन्। रास्वपाका सांसदले सातवटा प्रश्न दर्ता गर्न पाउने भए पनि तीन वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्।

सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका थिए। तोकिएको अवधिमा ११ वटा प्रश्न दर्ता भएका छन्।

सचिवालयका अअनुसार रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रश्न दर्ता गराएका छन्। प्रश्न दर्ता गर्ने अन्य सांसदमा नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ छन्। नेकपा एमाले का ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टी नेकपा का वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गरेका छन्। श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुश्बु ओलीले प्रश्न दर्ता गरेका छन्।

सभामुखको रुलिङ अनुसार सबै दलबाट एकरएक प्रश्नको प्रतिनिधित्व सुनिश्चित गरिएको थियो। जस अनुसार छ दलबाट छ वटा र बाँकी नौ वटा प्रश्न प्रतिनिधि सभामा भएको दलीय प्रतिनिधित्वका आधारमा भाग लगाइएको थियो।

सचिवालयले दलीय कोटासहित रास्वपाबाट सात तथा कांग्रेस, एमाले र नेकपाबाट दुईरदुई वटा प्रश्न भागमा पर्ने जानकारी दलहरूलाई गराएको थियो। श्रम संस्कृति र राप्रपाले एकरएक वटा प्रश्न दर्ता गर्न पाउने छन्।

 

प्रकाशित: ९ भदौ २०८३ ८:१९ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast