वर्षमानले प्रधानमन्त्री बालेनलाई भेटेर के भने?

हिमाल प्रेस १८ भदौ २०८३ १३:५७ | Thursday, September 3, 2026
वर्षमानले प्रधानमन्त्री बालेनलाई भेटेर के भने?

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनबीच आज संवाद भएको छ। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेट भएको हो।

यस क्रममा प्रधानमन्त्री बालेन र नेकपा नेता पुनबीच हालै रसुवाको भोटेकोसी नदीमा आएको बाढी र त्यसपछिका खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको छ। उनीहरूबिच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ।

नेकपा नेता पुनले चाहिँ भेटमा भोटेकोसीमा बेपत्ता सबै नागरिकको खोजी, उद्धार एवं तत्कालीन र दीर्घकालीन गरी १८ बुँदे सुझाव दिएको बताएका छन्।
‘रसुवा भोटेकोसी बाढीको प्रलयमा परी बेपत्ता रोल्पाका २५ जना सहितका बेपत्ता सबै नागरिकको खोजी, उद्धार एवं तत्कालीन र दीर्घकालीन गरी १८ बुँदे सुझाव दिएको छु’, भेटपछि नेता पुनले सामाजिक सञ्जालमा लेखेका छन्।

यसअघि आजै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि प्रधानमन्त्री शाहसँग भेट गरेका थिए। उनीहरूबिच भेटमा बाढीलगायतका विषयमा कुराकानी भएको छ।

प्रकाशित: १८ भदौ २०८३ १३:५७ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast