काठमाडौँ- प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आजका लागि स्थगित हुने भएको छ। अहिले बस्ने बैठकमा प्रधानमन्त्रीले सवाल जबाफ कार्यक्रम भोटेकोशी बाढीका कारण प्रभावित बनेको छ।
तिब्बततर्फबाट आएको भीषण बाढीले विभिन्न जिल्लामा क्षति पुर्याएको छ । प्रधानमन्त्री शाह विपद्पछिको खोज, उद्धार र राहतको विषयमा विभिन्न संयन्त्रको छलफलमा छन्।
विपद्को समयमा यो भन्दा अन्य विषयमा छलफल नगर्ने गरी प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित गर्न लागिएको हो । तर, विपद्को विषयमा भने संसद्मा छलफल हुनेछ ।
आकस्मिक समय राख्ने र गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीबारे संसद्लाई जानकारी गराउने गरी बैठक राख्न लागिएको छ । यसबाहकेका सम्भावित विषय सम्भावित कार्यसूचीबाटै हटाइएको छ ।


