कौडा खेलिरहेका १८ जना नियन्त्रणमा

हिमाल प्रेस २५ कार्तिक २०८३ ९:०० | Wednesday, November 11, 2026
कौडा खेलिरहेका १८ जना नियन्त्रणमा

चितवन- चितवनका विभिन्न स्थानबाट कौडा खेलिरहेका १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति भरतपुर महानगरपालिका वडा नं। २७ धरमपुरबाट ७ जना ब्यक्तिलाई १६ थान कौडा र १ लाख ३३ हजार रकमसहित नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिइ गएको प्रहरीले विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

यस्तैं पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं। १२ रामलाल चोकमा कौडा खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले १६ थान कौडासहित २ लाख २५ हजार रकमसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएकाहरुलाई जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित: २५ कार्तिक २०८३ ९:०० | Wednesday, November 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast