पोखराको लेकसाइड क्षेत्रमा ‘प्रहरी अपरेसन’ : अवैध गतिविधि गर्ने १८ पक्राउ

हिमाल प्रेस २५ कार्तिक २०८३ ७:४० | Wednesday, November 11, 2026
पोखराको लेकसाइड क्षेत्रमा ‘प्रहरी अपरेसन’ : अवैध गतिविधि गर्ने १८ पक्राउ पोखरा लेकसाइड

काठमाडौँ- पोखराको लेकसाइड क्षेत्रमा प्रहरीले संचालन गरिरहेको विशेष प्रहरी अपरेसन ‘अपरेसन सभ्यता’अन्तर्गत गएराति अवैध गतिविधिमा संलग्न १८ जना प्रहरीले नियन्त्रमा लिएको छ ।

मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १७ जना र चोरीको कसुरमा एक जनालाई पक्राउ गरी कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार गएराति नै चेकजाँचका क्रममा ३८ सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ ।

जसमध्ये २४ वटा सवारीसाधनका चालकलाई मादकपदार्थ सेवन गरेको अवस्थामा र नौ सवारीचालकलाई अन्य ट्राफिक कारबाही गरिएको छ । पाँच वटा सवारीसाधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

लेकसाइड क्षेत्रमा पछिल्लो समय बढ्दै गएका अवैध गतिविधि नियन्त्रणका लागि कास्की प्रहरीले यही कात्तिक १८ गतेदेखि ‘अपरेसन सभ्यता’ सुरू गरेको थियो । उक्त अपरेसनअन्तर्गत हालसम्म ९६ जना व्यक्ति र दुईसय १२ वटा सवारीसाधनलाई कारबाही गरिएको प्रनाउ पासवानले बताए ।

झैझगडा, आपसी विवाद, पर्यटकलाई दुव्र्यवहार गर्ने, अनैतिक तथा अवाञ्छित गतिविधिका कारण शान्तिसुरक्षामा खलल पुगेको जनगुनासो बढेपछि विशेष प्रहरी अपरेसन सुरु गरेको थियो।

कास्की प्रहरीले केही महिनाअघि पनि रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याउने, गाँजालगायत अवैध लागूऔषध सेवन गर्ने, जुवा खेलाउने जस्ता अवैध गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिन ‘स्विप अपरेसन’ चलाएको थियो ।

प्रकाशित: २५ कार्तिक २०८३ ७:४० | Wednesday, November 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast