अपडेट : गोरखामा जिप दुर्घटना हुँदा वृद्धाको मृत्यु, सात जना घाइते

हिमाल प्रेस ४ असोज २०८३ १३:३७ | Sunday, September 20, 2026
अपडेट : गोरखामा जिप दुर्घटना हुँदा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा- सिरानचोक गाउँपालिका-२ थालाजुङमा आज बिहान भएको जिप दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।

भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको दुर्घटना हुँदा जिपले च्यापिएर थालाजुङ काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको थालाजुङका वडाध्यक्ष खुसीमान गुरुङले जानकारी दिए।

दुर्घटनामा सिरानचोक गाउँपालिका-७ का ६८ वर्षीय कमलबहादुर घिमिरे गम्भीर घाइते भएका छन्। सोही ठाउँका ४८ वर्षीया सीता पाण्डे, ४८ वर्षीय लोकबहादुर खड्का र ७३ वर्षीय कुलबहादुर सार्की घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी, सिरानचोक-६ सिम्लेका ६८ वर्षीया सीता गुरुङ तथा वडा नं ७ डाँडागाउँकी २७ वर्षीया रोजिना नेपाली र उनकी दुई वर्षीया छोरी रेविका नेपाली घाइते भएका छन्।

सबै घाइतेको प्रदेश अस्पतालमा उपचार भइरहेको छ। जिप चालक विकास गुरुङ प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: ४ असोज २०८३ १३:३७ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast