प्रधानाध्यापक नियुक्ति र जिम्मेवारीसम्बन्धी व्यवस्था फेरियो

हिमाल प्रेस २२ असार २०८३ १३:२० | Monday, July 6, 2026
336
SHARES
प्रधानाध्यापक नियुक्ति र जिम्मेवारीसम्बन्धी व्यवस्था फेरियो

काठमाडौँ- सरकारले शिक्षा नियमावली (दशौँ संशोधन) स्वीकृत गर्दै विद्यालय सञ्चालन, शिक्षक व्यवस्थापन, विद्यालय प्रशासन तथा शैक्षिक व्यवस्थापनका विभिन्न प्रावधानमा व्यापक संशोधन गरेको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधन स्वीकृत गरेको हो।

संशोधनले विद्यालयको प्रशासनिक व्यवस्था, स्थानीय तहको भूमिका, शिक्षकको जिम्मेवारी तथा विद्यालय व्यवस्थापनसम्बन्धी विभिन्न नियम परिमार्जन गरेको छ।

सरकारले विद्यालय शिक्षालाई समयानुकूल बनाउने उद्देश्यले विभिन्न नियममा संशोधन गरेको जनाएको छ।

शिक्षा नियमावलीको दशौँ संशोधनले प्रधानाध्यापक नियुक्ति, कार्यसम्पादन र जिम्मेवारीसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ।

संशोधनअनुसार प्रधानाध्यापकको छनोट प्रक्रिया, कार्यसम्पादन मूल्यांकन तथा विद्यालयको शैक्षिक नेतृत्वसँग सम्बन्धित व्यवस्थालाई थप स्पष्ट बनाइएको छ।

विद्यालयको शैक्षिक गुणस्तर सुधारमा प्रधानाध्यापकको उत्तरदायित्वलाई पनि बलियो बनाइएको नियमावलीमा उल्लेख छ।

प्रकाशित: २२ असार २०८३ १३:२० | Monday, July 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast