अब निजी र सामुदायिक विद्यालयका सबै शिक्षक महासंघको सदस्य बन्न पाउने

हिमाल प्रेस १५ साउन २०८३ ११:५६ | Friday, July 31, 2026
166
SHARES
अब निजी र सामुदायिक विद्यालयका सबै शिक्षक महासंघको सदस्य बन्न पाउने

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आठौं पूर्ण बैठक बिहीबार काठमाडौँको क्षेत्रपाटीस्थित जेपी स्कुलमा सम्पन्न भएको छ। बैठकले संगठनात्मक संरचना, सदस्यता र प्रतिनिधित्वसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णय गरेको एक सदस्यले जानकारी दिएका छन्।

बैठकले अबदेखि सामुदायिक तथा निजी विद्यालयमा कार्यरत सबै शिक्षक नेपाल शिक्षक महासंघको सदस्य बन्न पाउने व्यवस्था गर्ने निर्णय गरेको छ। यसअघि यस्तो प्रावधान थिएन।

महासंघको प्रतिनिधित्व प्रणालीमा ४९ प्रतिशत समानुपातिक र ५१ प्रतिशत प्रत्यक्ष निर्वाचनको व्यवस्था गर्ने निर्णय पनि गरिएको छ।

बैठकले महासंघको राष्ट्रिय समितिदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्मका समितिहरूमा फरक क्षमता भएका व्यक्ति, लैंगिक अल्पसंख्यक तथा ४० वर्षमुनिका युवा शिक्षकलाई आरक्षण तथा मनोनयनमार्फत समेट्ने निर्णय गरेको छ।

यस्तै, महासंघका विभिन्न तहका नेतृत्वको निर्वाचन प्रत्यक्ष मतदान प्रणालीबाट गरिने निर्णय पनि बैठकले गरेको छ।

महासंघको राष्ट्रिय परिषद्को बैठक साउन १६ र १७ गते  काठमाडौँको बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा आयोजना हुनेछ।

प्रकाशित: १५ साउन २०८३ ११:५६ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast