शिक्षामन्त्रीलाई सांसद शाहीले भने- निजी विद्यालयमा नाम फेरेर भर्ना शुल्क असुल गरिएको छ

हिमाल प्रेस २५ जेठ २०८३ १३:४४ | Monday, June 8, 2026
374
SHARES
शिक्षामन्त्रीलाई सांसद शाहीले भने- निजी विद्यालयमा नाम फेरेर भर्ना शुल्क असुल गरिएको छ

काठमाडौँ- प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद ज्ञानबहादुर शाहीले निजी विद्यालयले भर्ना शुल्कको नाम परिवर्तन गरेर अभिभावकबाट रकम असुलिरहेको आरोप लगाउँदै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलको ध्यानाकर्षण गराएका छन्।

सरकारले भर्ना शुल्क नलिन निर्देशन दिए पनि विद्यालयले शीर्षक परिवर्तन गरेर शुल्क लिइरहेका सांसद शाहीले बताएका हुन्।

शाहीले बैठकमा भने, ‘यहाँ शिक्षामन्त्री हुनुहुन्छ भने भनिदिनुहोला। पहिला पहिला आउने गर्थ्यो, आदेशमाथि आदेश, परमादेशमाथि परमादेश। निजी विद्यालयलाई भर्ना शुल्क नलिनु भनेर अहिलेको सरकारले पनि आदेश दियो। म आज देखाउन चाहन्छु प्रत्येक विद्यालयको प्रमाण। भर्ना शुल्क नभनी सहयोग रसिद, वार्षिक सहयोग। नाम परिवर्तन गरेर भटाभट देशभर बर्बाद पारिएको छ।’

गत चैतमा शिक्षा मन्त्रालयले शैक्षिक सत्र अघि भर्ना र अग्रिम शुल्क नलिन विद्यालयहरूलाई निर्देशन दिएको थियो।

प्रकाशित: २५ जेठ २०८३ १३:४४ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast