कुशल भुर्तेलको सानदार शतकको मद्दतमा मलेसियाविरुद्ध विशाल लक्ष्य

हिमाल प्रेस २१ जेठ २०८३ १४:०५ | Thursday, June 4, 2026
14
SHARES
कुशल भुर्तेलको सानदार शतकको मद्दतमा मलेसियाविरुद्ध विशाल लक्ष्य

काठमाडौँ- एसियन गेम्स छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध नेपालले विशाल लक्ष्य दिएको छ। सिंगापुरमा टस हारेर ब्याटिङ गरेको नेपाली टोली निर्धारित २० ओभरमा ७ विकेटको लक्षितमा २७५ बनाएको हो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सानदार शतक प्रहार गरे। उनले ५४ बलमा १२६ रन बनाए। अर्का ओपनर आशिफ शेखले २४ बलमा ६८ रनको पारी खेले। कप्तान दीपेन्द्र सिंह एरीले ११ बलमा ३१ रन बनाएर आउट हुँदा सन्दीप जोराले १५ रन थपे।

लोकेश बमले १० बनाउनुबाहेक अन्य ब्याटर दोहोरो रन जोड्न सकेनन्। मलेसियाका लागि विरानदीप सिंह ३ विकेट लिए भने विनय उन्नी र सेद अजिजले समान २-२ विकेट लिए। खेलको दोस्रो इनिङ्स केहीबेरमा सुरु हुनेछ।

प्रकाशित: २१ जेठ २०८३ १४:०५ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast