एसियन गेम्स छनोट : ओमानमाथि सानदार जित निकाल्दै नेपाल फाइनलमा

हिमाल प्रेस २४ जेठ २०८३ ९:४७ | Sunday, June 7, 2026
12
SHARES
एसियन गेम्स छनोट : ओमानमाथि सानदार जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौँ- एसियन गेम्स छनोटमा ओमानमाथि सानदार जित निकाल्दै नेपाली पुरुष टोली फाइनल पुगेको छ। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्यलाई नेपालले ९ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा पुर्‍यायो।

सिंगापुर नेस्नल क्रिकेट गाउन्डमा टस जितेर ब्याटिङ गरेको ओमान १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ९४ रन जोडेको थियो। नेपालका लागि लोकेश बलमे सर्वाधिक ४४ रन बनाए। ओपनर कुशल भुर्तेल २१ मा आउट हुँदा अर्का ओपनर आसिफ शेख १ रन थपेर बाहिरिए। तेस्रो ब्याटरका रूपमा क्रिजमा आएका पूर्वकप्तान रोहितकुमार पौडेलले २० बलमा २१ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो । ओमानका लागि कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए । जुबेर अली अकबरले २२ रन बनाए ।

नेपालका लागि करण केसीले ३ विकेट लिए । सोमपाल कामी, सन्दीप लामिछानेले २-२ विकेट लिए । शाहब आलम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले १-१ विकेट लिए । एसियन गेम्स छनोटको दोस्रो सेमिफाइनल खेल अहिले केहीबेरमा मलेसिया र हङकङबीच हुने छ। यो खेलको विजेतासँग नेपालको उपाधि भिडन्त हुनेछ।

प्रकाशित: २४ जेठ २०८३ ९:४७ | Sunday, June 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast