मलेसियाविरुद्ध कुशल भुर्तेलको पनि अर्धशतक, आशिफको विकेटको पतन

हिमाल प्रेस २१ जेठ २०८३ १३:०० | Thursday, June 4, 2026
16
SHARES
मलेसियाविरुद्ध कुशल भुर्तेलको पनि अर्धशतक, आशिफको विकेटको पतन

काठमाडौँ- एसियन गेम्स छनोटअन्तर्गत मलेसियासँगको खेलमा ओपनर कुशल भुर्तेलले पनि अर्धशतक पूरा गरेका छन्। उनले आज २५ बलमा ९ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका हुन्।
टी–२०आईमा कुशलको यो १५औँ अर्धशतक हो।

योसँगै उनी यस ढाँचामा १५ अर्धशतक पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्।

कुशलले आजकै खेलमा टी–२०आईमा १ सय छक्काको आँकडा पनि पूरा गरे। उनले ७८ म्याचमा यो उपलब्धि हासिल गरेका हुन्। यता अर्का ओपनर आशिफ शेखको भने विकेट गुमेको छ। २४ बलमा ६८ रन बनाएका आशिफ आउट भएका छन्। अहिले क्रिजमा भुर्तेल र सन्दीप जोरा ब्याटिङ गरिरहेका छन्।

प्रकाशित: २१ जेठ २०८३ १३:०० | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast