शिक्षा तथा मानव स्रोतको यस्तो पत्र!

हिमाल प्रेस ३ जेठ २०८३ ११:०८ | Sunday, May 17, 2026
12
SHARES
शिक्षा तथा मानव स्रोतको यस्तो पत्र!

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले स्थानीय तहमा कार्यरत शिक्षा सेवाका अधिकृतस्तरका कर्मचारीहरूका लागि ५ दिने क्षमता अभिवृद्धिसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ।

केन्द्रको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सञ्चालन हुन लागेको उक्त तालिम आगामी जेठ १८ गतेदेखि महिला कर्मचारीहरूका लागि मात्र तथा जेठ २५ गतेदेखि सबै कर्मचारीहरूका लागि सञ्चालन गरिने जनाइएको छ। तालिम केन्द्रकै तालिम हल, सानोठिमी भक्तपुरमा आयोजना हुनेछ।

तालिममा सहभागी हुन इच्छुक कर्मचारीहरूले केन्द्रको शैक्षिक व्यवस्थापन तालिम शाखाको वेबसाइट training.biwaran.com मा गई वा क्यूआर कोड स्क्यान गरी आवेदन फाराम भर्न सक्नेछन्। आवेदन आगामी जेठ ८ गते शुक्रबार कार्यालय समयभित्र पठाइसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

केन्द्रका अनुसार प्राप्त आवेदनमध्ये यसअघि तालिमको अवसर नपाएका, जेष्ठता भएका तथा दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई प्राथमिकता दिइनेछ। छनोट भएका सहभागीहरूलाई मात्र तालिममा सहभागी हुनका लागि जानकारी गराइने बताइएको छ।

प्रकाशित: ३ जेठ २०८३ ११:०८ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast