जनकपुर- मधेश प्रदेशसभाको सातौँ अधिवेशन आह्वान भएको छ। आज (सोमबार) मधेश प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकले मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णयानुसार प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो।
मधेश प्रदेश प्रमुखको कार्यालयका सचिव नारायणप्रसाद दाहालद्वारा आज (सोमबार) जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुखबाट २०८३ जेठ १ गते शुक्रबार दिनको ११ बजेबाट लागू हुने गरी मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गरेको व्यहोरा उल्लेख छ।
मधेशका मुख्यमन्त्री यादवलाई सत्ता साझेदार दलको समर्थन कायमै, छिटै विश्वासको मत लिने
प्रकाशित: २८ वैशाख २०८३ २०:५० | Monday, May 11, 2026
प्रतिक्रिया



