मधेशका मुख्यमन्त्री यादवलाई सत्ता साझेदार दलको समर्थन कायमै, छिटै विश्वासको मत लिने

हिमाल प्रेस २७ वैशाख २०८३ १९:५९ | Sunday, May 10, 2026
16
SHARES
मधेशका मुख्यमन्त्री यादवलाई सत्ता साझेदार दलको समर्थन कायमै, छिटै विश्वासको मत लिने मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव

काठमाडौँ- मधेशका सत्ता साझेदार दलहरूले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। आज (आइतबार) बसेको दलहरूको बैठकले यादव नेतृत्वको सरकारलाई निरन्तरता दिँदै यथाशीघ्र विश्वासको मत लिने निर्णय गरेको हो।

बैठकको निर्णयमा नेपाली कांग्रेसका तर्फबाट दलका नेता कृष्णप्रसाद यादव (मुख्यमन्त्री), जसपा नेपालका सरोजकुमार यादव, नेपाली कम्युनिष्ट पार्टीका युवराज भट्टराई र लोसपा नेपालका जयनुल राइनको तर्फबाट प्रतिनिधि रानी शर्मा तिवारीले हस्ताक्षर गरेका छन्।

जनमत पार्टीले वैशाख २३ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

प्रकाशित: २७ वैशाख २०८३ १९:५९ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast