ट्याक्टर सडकबाट खस्दा बालिकाको मृत्यु

हिमाल प्रेस ११ जेठ २०८३ ९:२० | Monday, May 25, 2026
10
SHARES
ट्याक्टर सडकबाट खस्दा बालिकाको मृत्यु

काठमाडौँ- कैलालीमा रोकी राखेको ट्याक्टर सडकबाट खस्दा पानी बोकेर घर तर्फ जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ। आइतबार बेलुकी जिललको मोहन्याल गाउँपालिका –६ सोल्टामा भे १ त ९०८१ नम्बरको ढुंगा लोड गरी रोकी राखेको ट्याक्टर अचानक सडकको बाँया तर्फ अन्दाजी १५ मिटर तल खस्दा नजिकै रहेको धाराबाट पानी लिएर घरतर्फ जाँदै गरेकी स्थानीय ९ वर्षीया जयसरा सिजापतीको घटनास्थलमै मृत्यु भएको हो।

जयसरा स्थानीय उदीराम सिजापति मगरको छोरी हुन्। जिल्ला प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार स्थानीय ७ वर्षीया माइरा विक घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको तथा अवस्था सामान्य रहेको डीएसपी तिमिल्सिनाले बताए।

घटनापछि सुर्खेतको वीरेन्द्र नगरपालिका छिन्छुका चालक सशिप वली फरार छन्। उनको खोजी भइ रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ११ जेठ २०८३ ९:२० | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast