हराएकी बालिका खोला किनारमा मृत भेटिइन्

हिमाल प्रेस १७ असार २०८३ १४:०६ | Wednesday, July 1, 2026
10
SHARES
हराएकी बालिका खोला किनारमा मृत भेटिइन्

काठमाडौँ- कैलालीमा विद्यालयबाट हराएकी एक बालिका खोला किनारमा मृत फेला परेकी छन्। लम्की चुहा नगरपालिका ४ अमरपुरकी ६ वर्षीया मनिषा बिक बुधबार बिहान खोला किनारमा मृत अवस्थामा फेला परेकी हुन्।

स्थानीय विकास कामीकी छोरी मनिषालाई मंगलबार बिहान ७ बजे घरका सदस्यले लम्की चुहा २ मोतिपुरस्थित जनचेतना आधारभूत विद्यालयमा छाडेका थिए। उनी सोही विद्यालयमा पढ्थिन्। तर उनी बिहान १० बजेपछि बेपत्ता भएकी थिइन्। विद्यालय परिवारले घर परिवारलाई सम्पर्क गरी बुझ्दासमेत मनिषा घर नगएको भन्ने खुलेपछि उनी बेपत्ता भएकोबारे प्रहरीलाई खबर गरिएको थियो।

विद्यालय समय पछि प्रहरी र स्थानीय खोजीमा खटिएका थिए। मंगलबार फेला पार्न नसकेपछि प्रहरीले बुधबार बिहानदेखि फेरि खोजी थालेको थियो। खोजीका क्रममा बिहान पौने ११ बजेतिर मनिषाको शव लम्की चुहा–५ चौरीस्थित रोरा खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए।

मनिषा मृत्युको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनी खोलामा बगेर मृत्यु भएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको छ। शव पोष्टमर्टमका लागि अस्पताल पठाइएको छ।

प्रकाशित: १७ असार २०८३ १४:०६ | Wednesday, July 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast