हाइसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

हिमाल प्रेस २ वैशाख २०८३ ८:०५ | Wednesday, April 15, 2026
हाइसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौँ- कैलालीमा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका ७ गुलरामा मंगलबार बेलुका सु.प.प्र.०१-००१ ज १४२१ नम्बरको हाइसले सु.प.प्र.०१-१३प ५१३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार लम्किचुहा नगरपालिका-८ का ३३ वर्षीय गगन राना मगर र सोही ठाउँका २४ वर्षीय पुष्प सुनार दुवै जना गम्भीर घाइते भएका थिए। उपचारका लागी टीकापुर अस्पताल लगिएको थियो। तर उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

हाइस चालकको खोजी भइरहेको छ भने गाडीधनीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ वैशाख २०८३ ८:०५ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast