भीरबाट टेम्पो खसाएको विषयमाथि छानबिन गर्न ५ सदस्य समिति

हिमाल प्रेस १ असार २०८३ १२:०८ | Monday, June 15, 2026
22
SHARES
भीरबाट टेम्पो खसाएको विषयमाथि छानबिन गर्न ५ सदस्य समिति

काठमाडौँ- कैलालीको गोदावरी नगरपालिका ४ स्थित गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालेको घटनाको छानबिन गर्न सुदूरपश्चिम सरकारले समिति गठन गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा। हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।
मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

समितिका सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा रहेका छन्।

गत जेठ २९ गते वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडिओ सार्वजनिक भएसँगै व्यापक चर्चा र आलोचना भइरहेको छ ।

प्रकाशित: १ असार २०८३ १२:०८ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast