ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

हिमाल प्रेस ३ वैशाख २०८३ ७:४२ | Thursday, April 16, 2026
2
SHARE
ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौँ- कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । बुधबार राति लम्कीचुहा नगरपालिका(५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरको ठक्करबाट ६ वर्षीया बालिका
डिनल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरीलाई राति पौने ९ बजेतिरघर नजिकै सडकमा खेलिरहेकी अवस्थामा ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी डिनललाई तत्काल उपचारका लागि बर्दगोरिया अस्पताल लगिएको थियो ।

उनको उपचारकै क्रममा अस्पतालमा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्याक्टर र चालक लम्कीचुहा नगरपालिका–५ कै ३७ वर्षीय राम बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ३ वैशाख २०८३ ७:४२ | Thursday, April 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast