काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई विद्यालय शिक्षा तथा शिक्षक कर्मचारीका विभिन्न मागमुद्दाबारे अवगत गराएको छ।
आज बुधबार महासंघको प्रतिनिधिमण्डलले शिक्षामन्त्री पोखरेलसँग भेटघाट गरी विद्यालय शिक्षा र शिक्षक कर्मचारीका मागमुद्दाबारे जानकारी गराएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।
उनले भने,‘मन्त्री नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्यौं। समसामयिक विषयमा १० बुँदे ध्यानाकर्षण पत्र पनि बुझाइएको छ।’
ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री पाेखरेलले महासंघले उठाएका विषयमा सकारात्मक रहेको र महासंघसँग संवाद तथा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको अध्यक्ष सुवेदीले जानकारी दिए।

प्रकाशित: २ वैशाख २०८३ १७:४९ | Wednesday, April 15, 2026
प्रतिक्रिया



