एसईई उत्तरपुस्तिका पुनः परीक्षणका लागि निवेदन खुला

हिमाल प्रेस ७ असोज २०८२ १४:०८ | Tuesday, September 23, 2025
एसईई उत्तरपुस्तिका पुनः परीक्षणका लागि निवेदन खुला

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०), सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका पुनः परीक्षणका लागि निवेदन खुला गरेको छ।

बोर्डका अनुसार एसईई २०८१ को नतिजाउपर चित्त नबुझी पुनर्योग गरेका तथा सोको नतिजा समेत चित्त नबुझेमा परीक्षार्थीले उत्तरपुस्तिका हेरेपछि पुनः परीक्षण गराउन सक्ने व्यवस्था गरिएको हो। निवेदन दिने समय सीमा सूचना प्रकाशन भएको मितिले सात दिनभित्र अर्थात् असोज १२ गतेसम्म तोकिएको छ।

कार्यालयले दिएको जानकारीअनुसार पुनः परीक्षणका लागि प्रतिविषय दुई हजार रुपैयाँको दरले राजस्व खाता नम्बर १४२२३ मा रकम जम्मा गर्नुपर्नेछ। सोही रकमको सक्कलै भौचर वा बिलसहित परीक्षार्थीले आफ्नै निवेदन, ग्रेडसिट, प्रमाणपत्र र प्रवेशपत्र संलग्न गरी परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीको परीक्षा शाखा (कोठा नम्बर ३८) मा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

उत्तरपुस्तिका पुनः परीक्षणको नतिजा भने बोर्डको आधिकारिक वेबसाइट www.see.gov.np www.neb.gov.np मार्फत प्रकाशन गरिने छ।

प्रकाशित: ७ असोज २०८२ १४:०८ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast