पोखरामा जुम्ल्याहा दिदीबहिनीको ४ जीपीए

हिमाल प्रेस ३० वैशाख २०८३ २०:०७ | Wednesday, May 13, 2026
पोखरामा जुम्ल्याहा दिदीबहिनीको ४ जीपीए

पोखरा- राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा जनप्रकाश माविका जुम्ल्याहा दिदीबहिनीले ४.० जिपिए ल्याउन सफल भएका छन्।

पोखरा-२९, भण्डारढिक निवासी बुबा शालिक सुवेदी र आमा भगवती सुवेदीका जुम्ल्याहा छोरीहरु दीव्या र दीपिकाले सामुदायिक विद्यालयमा पढेर पनि ४.० जीपीए ल्याउन सफल भएका हुन्।

यो सफलतापछि यी जुम्ल्याहाले भविष्यमा स्वदेशमा नै रहेर देश र जनताको स्वास्थ्यमा सहयोग पुग्ने गरी डाक्टर बन्ने लक्ष्य रहेको बताएका छन्। जनप्रकाशबाट गत वर्षको एसइईमा सम्मिलित कुल ८४ विद्यार्थीमध्ये ७ जनाले ‘ए’ प्लस, १० जनाले ‘ए’ ग्रेडसहित ५८ जना विद्यार्थी उत्तीर्ण भएको प्रधानाध्यापक शेखरनाथ शर्माले जानकारी दिए। २०४९ सालदेखि एसएलसी/एसईईमा सम्मिलित गराउँदै आएको जनप्रकाश सामुदायिक विद्यालयमा पोखरा क्षेत्रकै रोजाइको स्कुलमा पर्छ।

कास्कीमा यसपालि ६५ जना विद्यार्थीको ४.० जीपीए आएको छ। सबैभन्दा धेरै मदरल्याण्ड माविबाट १२ जनाको ४.० जीपीए आएको छ।

सरकारी ६ स्कुलबाट १० जनाको ४.० जिपिए आएको छ। जसमा छोरेपाटन माविबाट ३, गोगन माविबाट २, वाराही, त्रिभुवन शान्ति र माछापुच्छ«े माविबाट १÷१ जनाको पनि ४.० जिपिए आएको हो।
कास्की जिल्लाबाट समग्र नतिजामा ८१ दशमलब ७५ विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले जानकारी दिए। गत वर्ष पनि करिब ८२ प्रतिशत नै ग्रेगेड भएका थिए।।

प्रकाशित: ३० वैशाख २०८३ २०:०७ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast