
काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई हजार दुई सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँ घटेको हो।
प्रकाशित: १६ फागुन २०८१ ११:३०
प्रतिक्रिया