सुनको भाउ घट्यो

हिमाल प्रेस ११ भदौ २०८३ ११:०९ | Thursday, August 27, 2026
सुनको भाउ घट्यो

काठमाडौँ- सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य १ हजार २ ०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।योसँगै बिहीबार छापावाल सुनको मूल्य ३ लाख २० हजार ९०० रुपैयाँमा झरेको छ ।

बुधबार १०० रुपैयाँले घटेको सुनको मूल्य ३ लाख २२ हजार १०० रुपैयाँमा थियो । मंगलबार ५०० रुपैयाँले घटेर ३ लाख २२ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य सोमबार ३ हजार २०० रुपैयाँले वृद्धि भएर ३ लाख २२ हजार ७०० रुपैयाँमा उक्लिएको थियो ।

आइतबार २ हजार ८०० रुपैयाँले वृद्धि भएर सुनको मूल्य ३ लाख १९ हजार ५०० रुपैयाँ पुगेको थियो । बिहीबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ४ हजार ९६५ रुपैयाँ रहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य ७५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको थियो ।

मंगलबार ६५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँमा झरेको चाँदीको मूल्य सोमबार १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९६० मा थियो । आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ४ हजार ९७५ रुपैयाँमा थियो ।

प्रकाशित: ११ भदौ २०८३ ११:०९ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast