काठमाडौँ- इलामको देउमाई नगरपालिका १ साधुगाउँमा बोलेरो जिप सडकमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
आज बिहान प्र.१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो जिप सडकमा पल्टिएर दुर्घटना हुँदा चालक देउमाई नगरपालिका १ चमैता बस्ने अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेतको सोही गाडीले थिचिएर घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
प्रकाशित: १ असोज २०८३ ११:४३ | Thursday, September 17, 2026
प्रतिक्रिया


