काठमाडौँ- एकैदिन सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ।
अघिल्लो दिन ३ लाख ५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। यो साताको पहिलो दिन आइतबार सुनको मूल्य ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य तोलामा २५५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६ सयमा झरेको छ।
साताको पहिलो दिन आइतबार चाँदीको मूल्य ४ हजार ७६५ रुपैयाँ थियो।
प्रकाशित: २६ भदौ २०८३ ११:४१ | Friday, September 11, 2026
प्रतिक्रिया


