काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी ओली संविधान संशोधन नै नगर्ने दाउमा रहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको छलफलपछि बाहिरिने क्रममा लिङ्देनले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति सुन्दा संविधान संशोधन नै नगर्ने दाउमा रहेको देखिएको बताएका हुन्।
वर्तमान सरकार निर्माणको प्रक्रियामा संविधान संशोधन गर्ने सहमति अहिले हावादारी कुरामा मात्रै सिमित हुने देखिएको उनले बताए। उनले देश नबन्नुपर्ने कुनै कारण नरहेको भन्दै देशको नेतृत्व र अहिलेको व्यवस्था देश बन्न नसकेकाले यसलाई परिवर्तन गर्न संविधान संशोधन अपरिहार्य रहेको धारणा राखे।
उनले पृथ्वी दिवसको कार्यक्रमको निम्तो दिन प्रचण्ड र माधव नेपालसँग भेट गरेको जानकारी दिए।