यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

हिमाल प्रेस २१ कार्तिक २०८१ १५:२०
10
SHARES
यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

विराटनगर- सुदूरपश्चिम प्रदेशले नरेश श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार फाइनलमा लुम्बिनी प्रदेशलाई आठ रनले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो।

विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ३७.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङ गरेको लुम्बिनीले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११९ रन बनाउन सक्यो।

सुदूरपश्चिमको जितमा हेमन्त धामीले सर्वाधिक चार विकेट लिए। त्यस्तै सचीन भट्ट र नरेन साउदले समान दुई विकेट लिँदा एक विकेट अशोक धामीको नाममा रह्यो। ब्याटिङमा सुदूरपश्चिमाका लागि अभिषेक थापाले २९, नरेन भट्टले २७, नरेन (साउद)ले १५, राजेश ऐरले १४ र दीपक रोकायाले ११ रन बनाएका थिए।

लुम्बिनीका लागि सन्तोष यादवले १० ओभरमा दुई मेडनसहित २८ रन खर्चिएर पाँच विकेट लिए। यसैगरी रमेश कुर्मीले तीन र शिव कुँवरले एक विकेट हात पारका थिए। १२८ रनको लक्ष्य पछ्याएको लम्बिनीका लागि ब्याटिङमा कप्तान आकाश त्रिपाथीले सर्वाधिक २२ रन जोड्दा शिव (कुँवर)ले २० को योगदान गरे।

त्यस्तै विजयी कोहरले १९, समीर अली मुसलमानले १८ र सन्तोष (यादव)ले १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। समूह चरणबाट लम्बिनी शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनल पुगेका थिए।

प्रकाशित: २१ कार्तिक २०८१ १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast