नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

हिमाल प्रेस २१ भदौ २०८३ १३:४६ | Sunday, September 6, 2026
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल लगातार तेस्रो जितका साथ एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा १९० रन बनाउँदा अलआउट भएको थियो। साउदीका अब्दुल वाहीदले सर्वाधिक ७७ रन, मोहम्मद आतिफले ३० रन र मोहम्मद हिशम शेखले १८ रन जोडे।

नेपालका तर्फबाट कसिलो बलिङ गर्दै सन्दीप लामिछानेले १० ओभरमा १९ रन दिएर ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले पनि ३, ललित राजवंशीले २ र शेर मल्लले १ विकेट हात पारे।

साउदीले प्रस्तुत गरेको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा हासिल गर्‍यो।

नेपालको जितमा गुल्शन झाले अविजित ४४ र कप्तान रोहित पौडेलले अविजित २४ रनको महत्त्वपूर्ण योगदान दिए भने त्यसअघि इशान पान्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाएका थिए।

बलिङतर्फ साउदीका इस्तियाख अहमद र मुहम्मद आतिफले २-२ तथा मोहम्मद हिशमले १ विकेट लिए।

यसअघि बहराइन र मलेसियालाई पराजित गरिसकेको नेपालले समूह विजेता बन्नका लागि समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ।

प्रकाशित: २१ भदौ २०८३ १३:४६ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast