साउदीले नेपाललाई दियो १९१ रनको लक्ष्य, सन्दीप र दीपेन्द्रले लिए तीन तीन विकेट

हिमाल प्रेस २१ भदौ २०८३ १०:३७ | Sunday, September 6, 2026
साउदीले नेपाललाई दियो १९१ रनको लक्ष्य, सन्दीप र दीपेन्द्रले लिए तीन तीन विकेट

काठमाडौँ- एसीसी प्रिमियर कपमा साउदी अरेबियाले नेपाललाई १९१ रनको विजयी लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनायो।

साउदीका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए। मोहम्मद आतिफले ३० रन बनाए। मोहम्मद हिशम शेखले १८ रन बनाए।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन दिएर ३ विकेट लिए। ललित राजवंशीले १० ओभरमा २६ रन दिएर २ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले पनि ३ तथा शेर मल्लले १ विकेट लिए।

आजको खेल जितेमा नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्नेछ। नेपालले यसअघि बहराइन र मलेसियालाई पराजित गरको थियो।

प्रकाशित: २१ भदौ २०८३ १०:३७ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast