विश्वकप क्रिकेट लिग-२ : नेपाली टोलीको घोषणा, परेनन् कुशल र सोमपाल

हिमाल प्रेस १६ असोज २०८३ १३:१७ | Friday, October 2, 2026
विश्वकप क्रिकेट लिग-२ : नेपाली टोलीको घोषणा, परेनन् कुशल र सोमपाल

काठमाडौँ- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट शृंखला-२ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टोलीको घोषणा गरेको छ।

यही असोज २१ गतेदेखि सुरु हुने विश्वकप क्रिकेट लिग-२ मा आयोजक ओमानसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्ने छन्।

उक्त शृंखलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको क्यानद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

टोलीमा कप्तान सन्दीपसँगै आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, साहब आलम र शेर मल्ल समावेश छन्।

उक्त टोलीमा अलराउन्डर कुशल भुर्तेल, तीव्र गतिका बलर सोमपाल कामी परेका छैनन्।

प्रकाशित: १६ असोज २०८३ १३:१७ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast