रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

हिमाल प्रेस ७ कार्तिक २०८३ १८:४४ | Saturday, October 24, 2026
8
SHARES
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ–  रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ आउँदै गरेको ना.५४ प ९५२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको थियो ।

उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार फतुवा विजयपुर नगरपालिका–१ बर्गिनिया टोल बस्ने ५० वर्षीया सुनिता देवी पण्डितको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेल्थ ल्याण्ड अस्पताल गरूडामा उपचारको क्रममा मृत्यु भएको हो ।

 

 

प्रकाशित: ७ कार्तिक २०८३ १८:४४ | Saturday, October 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast