नेकपाको राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

हिमाल प्रेस ७ कार्तिक २०८३ १९:२३ | Saturday, October 24, 2026
4
SHARES
नेकपाको राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय जागरण अभियान शनिबार (आज)देखि सुरु भएको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालयमा पेरिस डाँडामा पत्रकार सम्मेलन गर्दै अभियानको उद्घाटन गरे। अभियान झण्डै दुई महिना (कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म) सञ्चालन हुनेछ।

देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेकाले अभियान सञ्चालन गर्नु परेको प्रचण्डको भनाइ छ। उनले अभिव्यक्ति स्वतन्त्रताका लागि भएका आन्दोलनको जगमा गठन भएको सरकारबाटै फरक मतप्रति असहिष्णु व्यवहार देखाउने, बोल्ने र प्रश्न गर्ने जनताको स्वतन्त्रतामाथि रोक लगाउने, लोकतान्त्रिक संस्था, ट्रेड यूनियन, विद्यार्थी संगठन, कर्मचारीतन्त्र, निजी क्षेत्र र नागरिक अधिकारमाथि हस्तक्षेप तथा भय र त्रासको वातावरण सिर्जना हुने प्रवृत्ति देखाइरहेको बताए।

सरकारले देखाइरहेका यस प्रकारका प्रवृत्तिका साथै पार्टी र जनताबीचको दूरी बढेको सन्दर्भमा पनि अभियान सञ्चालन गरिएको प्रचण्डद्वारा जारी अपीलमा छ।

प्रकाशित: ७ कार्तिक २०८३ १९:२३ | Saturday, October 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast