नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

हिमाल प्रेस २७ असोज २०८३ १५:०१ | Tuesday, October 13, 2026
4
SHARES
नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

काठमाडौँ- पूर्वकप्तान रोहित पौडेलको अर्धशतक र करण केसीको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको खेलमा २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ-१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरे। यस्तै, करण केसीले अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ गर्दै मात्र १६ बलमा ४० रन जोडेपछि नेपालको स्कोर प्रतिस्पर्धात्मक बनेको थियो।

अर्जुन कुमालले ४० रन बनाउँदा बसिर अहमद र इशान पान्डेले समान ३७ रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए।

ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले समान २ विकेट लिए। हस्नेन शाहले १ विकेट हात पारे।

लिग-२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौं स्थानमा छ। ओमान २९ खेलबाट ३३ अंकसहित चौथो स्थानमा रहँदा क्यानडा ३४ खेलबाट २५ अंक जोडेर सातौं स्थानमा छ।

अब ओमानले जितका लागि २६४ रन बनाउनुपर्नेछ।

प्रकाशित: २७ असोज २०८३ १५:०१ | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast