आईएल टी २० मा दीपेन्द्रसिंह ऐरी अनसोल्ड, मोहम्मद वसीमलाई कीर्तिमानी मूल्यमा अनुबन्ध

हिमाल प्रेस १६ असोज २०८३ ६:०५ | Friday, October 2, 2026
आईएल टी २० मा दीपेन्द्रसिंह ऐरी अनसोल्ड, मोहम्मद वसीमलाई कीर्तिमानी मूल्यमा अनुबन्ध

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईएल टी २० माको पाँचौँ सिजनको अक्सनमा अनसोल्ड भएका छन्।

बिहीबार भएको आईएल टी २० सिजन-५ को अक्सनमा दीपेन्द्रलाई कुनै पनि टोलीले अनुबन्ध गरेन।

अक्सनमा यूएईका स्टार ब्याटर मोहम्मद वसीमलाई एमआई एमिरेट्सले राइट टु म्याच प्रयोग गर्दै २ लाख १० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ। यो रकम करिब ३ करोड २४ लाख रुपैयाँ बराबर हुन्छ।

यससँगै वसीम आईएल टी २० अक्सनको इतिहासमा सर्वाधिक रकम पाउने यूएई खेलाडी बनेका छन्। उनको रिजर्भ मूल्य १० हजार अमेरिकी डलर तोकिएको थियो। उनले रिजर्भ मूल्यभन्दा २१ गुणा बढी रकम पाएका हुन्।

आईएल टी २० नोभेम्बर २१ देखि २० डिसेम्बरसम्म हुनेछ।

प्रकाशित: १६ असोज २०८३ ६:०५ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast