झलनाथ खनाल प्रतिष्ठानमा भ्रष्टाचार : तत्कालीन मन्त्रीलाई ९ वर्ष कैद सजाय र दुई करोड जरिबाना

हिमाल प्रेस २५ असार २०८१ २०:२४
130
SHARES
झलनाथ खनाल प्रतिष्ठानमा भ्रष्टाचार : तत्कालीन मन्त्रीलाई ९ वर्ष कैद सजाय र दुई करोड जरिबाना

काठमाडौँ- झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा तत्कालीन मन्त्रीसहित पाँच जनालाई कैद सजाय र जरिबाना तोकिएको छ। विशेष अदालतले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योेजना मन्त्री विजय कुमार यादवलगायतविरुद्ध फैसला सुनाएको हो।

तत्कालीन मन्त्री यादवलाई ९ वर्ष एक महिना कैद र २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रुपैयाँ बिगो एवं जरिबाना हुने अदालतले ठहर गरेको हो।

यस्तै प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई जनही ८ वर्ष कैद सजाय सुनाइएको हो। जरिबाना भने मन्त्री यादवसरह नै हुनेछ। यादवलाई कसुरअनुसार ८ वर्ष र पदीय हिसाबले एक वर्ष एक महिना थप सजाय गरिएको हो।

यसअघि उनीहरूलाई दोषी ठहर गरेपनि सजाय निर्धारणका लागि असार २५ मा पेसी तोकिएको थियो।

प्रकाशित: २५ असार २०८१ २०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 15 =