कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ

हिमाल प्रेस २ असोज २०८३ १२:०८ | Friday, September 18, 2026
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ

काठमाडौँ- बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक महिलालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पानकोट पुलको पश्चिम किनारामा रहेको रेलिङमुनिबाट ती महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला जयपृथ्वी नगरपालिका-३ पडेष गाउँकी ४२ वर्षीया विमला देवी रोकाया रहेको खुलेको प्रहरीले जनाएको छ।

रोकायालाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २ असोज २०८३ १२:०८ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast