प्रधानमन्त्री र मन्त्रीहरूबारे के भन्छन् स्वर्णिम?

हिमाल प्रेस ५ साउन २०८३ १२:४४ | Tuesday, July 21, 2026
12
SHARES
प्रधानमन्त्री र मन्त्रीहरूबारे के भन्छन् स्वर्णिम? अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्म सबै राजनीतिक नेतृत्व नेपाली जनता, आफ्नो राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति पूर्णरूपमा उत्तरदायी हुनुपर्ने बताएका छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाबारे सबै मन्त्रालयका सचिवहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्।

‘सरकारले सुशासनको योजना अघि सारेको छ। हामी इन्टेग्रिटी र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको मान्यतामा दृढ छौं,’ उनले भने,‘सम्माननीय प्रधानमन्त्रीदेखि हामी सबै मन्त्री नेपाली जनता, आफ्नो पार्टी र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी छौं। त्यसैले पुराना विकृति र विसंगतिलाई अन्त्य गर्दै कडाइका साथ अगाडि बढ्नुपर्छ।’

उनले राज्य सञ्चालनमा जवाफदेहिता, पारदर्शिता र नैतिकता अनिवार्य रहेको उल्लेख गर्दै सुशासन स्थापित गर्न कुनै पनि प्रकारको सम्झौता नहुने बताए।

‘हामी पुराना विकृति र विसंगतिलाई क्रमशः अन्त्य गर्दै जानेछौं। कर्मचारीतन्त्रलाई पनि उनीहरूको क्षमता र कार्यसम्पादनका आधारमा प्रोत्साहित गर्ने सरकारको योजना छ,’ अर्थमन्त्री वाग्लेले भने।

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउँदै शासकीय सुधारका लक्ष्य हासिल गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै उनले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले आफ्नो जिम्मेवारी तथा नैतिकतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ५ साउन २०८३ १२:४४ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast