आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

हिमाल प्रेस ९ वैशाख २०८१ ८:२०
आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा आर्सनल उक्लिएको छ। शनिबार राति उल्भ्सलाई २–० ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो।

खेलमा लियोनार्दो ट्रोसार्डले पहिलो हाफको अन्त्यतिर गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो। यसपछि कप्तान मार्टिन ओडगार्डले दोस्रो गोल थपेर जित सहज बनाए।

यो जितपछि आर्सनलको ७४ अंक भएको छ र यो दोस्रोमा झरेको साविक विजेता म्यानचेस्टर सिटीमाथि एक अंकको अग्रता हो। सिटीले एक खेल कम खेलेको छ।

शनिबारकै अरू खेलमा ब्रेन्टफोर्डले लुटन टाउनलाई ५–१ ले हरायो भने बर्नलीले सेफिल्ड युनाइटेडमाथि ४–१ को जित निकाल्यो।

प्रकाशित: ९ वैशाख २०८१ ८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 14 =