अग्रता जोगाउन नसक्दा बराबरीमा सिटी

हिमाल प्रेस १८ मंसिर २०८० ७:३४
4
SHARES
अग्रता जोगाउन नसक्दा बराबरीमा सिटी

काठमाडौँ- घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी टोटनहमसँग बराबरीमा रोकिएको छ।

टोटनहमका डेजान क्लुसेभ्स्कीले ९०औं मिनेटमा हेडबाट गरेको गोलमा टोटनहमले बराबरी गरेपछि सिटीको जित लक्ष्य अपूरो रहेको हो।

खेलको छैटौँ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । तर तीन मिनेटपछि उनले नै आत्मघाती गोल गरेपछि सिटी खेलमा फर्कियो। ३१ औँ मिनेटमा फिल फोडेनले जुलियन अल्भारेजको पासमा सिटीलाई अग्रता दिलाए।

दोस्रो हाफको ६९ औँ मिनेटमा जियोभानी लो सिलेसोले स्पर्सका लागि बराबरी गोल फर्काए । ८१ औँ मिनेटमा ज्याक ग्रिलिसले पुनः सिटीलाई अग्रता दिलाएपछि टोली खेल जित्नेमा ढुक्क बनेको थियो। तर, ९० औँ मिनेटमा कुलुसेभस्कीले गोल गर्दै सिटीको सपना चकनापुर बनाए ।

यो नतिजापछि सिटी १४ खेलबाट ३० अंकमै सीमित रह्यो र तेस्रो स्थानमा रह्यो। उसको अगाडि शीर्षमा आर्सनलको ३३ र लिभरपुलको ३१ अंक रहेको छ। लिभरपुलले अर्को खेलमा फुलहमलाई ४–३ ले हराएको थियो।

यस्तै चेल्सीले ब्राइटनलाई ३–२ ले परजित गर्‍यो। बर्नमाउथ र एस्टन भिल्लाले २–२ तथा वेस्ट ह्याम र क्रिस्टल प्यालेसले १–१ को बराबरी खेले।

प्रकाशित: १८ मंसिर २०८० ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =