प्रिमियर लिग : टोटनहमसँगको जितले आर्सनलको उपाधि होड बलियो

हिमाल प्रेस १७ वैशाख २०८१ ७:२२
4
SHARES
प्रिमियर लिग : टोटनहमसँगको जितले आर्सनलको उपाधि होड बलियो

काठमाडौँ- आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजय यात्रालाई जारी राखेको छ। आर्सनलले आइतबार भएको खेलमा शीर्ष पाँचको टोटनहमलाई ३–२ ले हराएको छ।

खेलमा ३–० ले पछि परेरपनि टोटेनहम २ गोल फर्काउन सफल भएको थियो। यद्यपि टोली बराबरी गर्न असफल रह्यो। आर्सनलको जितमा बुकायो साका, काइ हार्भेट्जले गोल गरे।

एक गोल आत्मघाती गोल भएको थियो। टोटनहमका लागि क्रिस्टियन रोमेरो र सन हुग मिनले गोल गरे।

पिरि इमलीको आत्मघाती गोलमा आर्सनलले १५ औं मिनेटले अग्रता लियो। साकाले २७ औं र हार्भेट्जले ३८ औं मिनेटमा गोल गर्दा आर्सनलले पहिलो हाफमै ३–० को अग्रता बनायो।

६४ औं मिनेटमा रोमेरोले गोल गर्दै अन्तर घटाए। मिनले ८७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई खेलमा फर्काउ प्रयास गरे। तर टोली बराबरी गोल गर्न सफल भएनन्।

३५ खेलमा २५ जित ५ बराबर र ५ हारको आर्सनल ८० अंकका साथ शीर्षस्थानमा कायम छ। १ खेल कम खेलेको म्यानचेस्टर सिटी ७९ अंकसहित दोस्रो स्थानमा छ। पाँचौं स्थानमा रहेको टोटेनहमको ६० अंक छ।

तेस्रो स्थानको लिभरपुलको ७५ र चौथो स्थानको एस्टन भिल्लाको ६७ अंक छ।

प्रकाशित: १७ वैशाख २०८१ ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =