‘बोक्सीको घर’को सिक्वेल बन्ने

हिमाल प्रेस २० वैशाख २०८१ १४:५६
50
SHARES
‘बोक्सीको घर’को सिक्वेल बन्ने

काठमाडौँ- वैशाख १४ देखि देशभर प्रदर्शनरत फिल्म ‘बोक्सीको घर’को सिक्वेल बन्ने भएको छ। राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको सिक्वेल बनाउने घोषणा गरेका हुन्।

२ दिनअघि देखिनै हलमा फिल्म सकिएपछि ‘टु बि कन्टिन्युड’ वाक्यांश राखिएको निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले बताइन्। निर्देशक सुलक्षण भारतीले दोस्रो श्रृंखलाको स्क्रिप्ट लेखन सकिसकेको बताए। ‘स्क्रिप्ट लेखन सकिसकेको छ,’ निर्देशक भारतीले भने, ‘बीचमा एउटा फिलम गरेर मात्र बोक्सीको घरको दोस्रो श्रृंखला बनाउँछु।’ उनले अर्को फिल्मको स्क्रिप्टको काम सकेर मात्र सिक्वेलको काम अघि बढाउने बताए।

कार्यक्रममा फिल्मलाई सफल बनाउने सम्पूर्ण दर्शकलाई अभिनेत्री तथा निर्मात्री केकी अधिकारी र लेखक तथा निर्देशक सुलक्षण भारतीले धन्यवाद दिए।

अभिनेत्री अधिकारीले ‘बोक्सीको घर’ सुपरहिट हुँदा आफूलाई सपनाजस्तो लागिरहेको प्रतिक्रिया दिइन्। ‘साँच्चै भन्नुहुन्छ भने मलाई सररियल महसुस भइरहेको छ। मलाई हो कि होइन जस्तो लागिरहेको छ।’ फिल्मको लागि कथावस्तु बलियो हुनुपर्छ भन्ने पाठ आफुले सिकेको उनले बताइन्।

पहिलो सातामा ६ करोड भन्दा माथि ग्रस कलेक्सन गर्ने निर्माण टिमको अनुमान छ। बुधबारसम्म फिल्मले पाँच करोड ४५ लाख ग्रस कलेक्सन गरेको फिल्मका वितरक टिफल्क र डिसिएनको दाबी छ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका निर्माता केकीका बाबु बद्री अधिकारी हुन्। फिल्मको कार्यकारी निर्मातामा राज घिमिरे छन्।

सिनेमामा केकी र सुलक्षणसहित सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ। फिल्म शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादनमा बनेको छ।

प्रकाशित: २० वैशाख २०८१ १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =