मेटल उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु

हिमाल प्रेस २४ चैत २०८० १८:०७
18
SHARES
मेटल उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- ललितपुरको हात्तीवनस्थित एक मेटल उद्योगमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार घटना आज बिहान ६ बजेतिर भएको थियो। आगलागीको कारण नखुले पनि विद्युत् चुहिएको आशंका गरिएको सुवेदीले बताए। उनका अनुसार सोफा बनाउने ‘सिक्मा मेटल इन्टेक्स प्रालि’मा आगलागी भएको र अहिले आगो नियन्त्रणमा आइसकेको छ।

क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताउँदै प्रउ सुवेदीले प्रारम्भिक रूपमा हेर्दा फ्याक्ट्रीमा रहेका सोफा तथा कच्चापदार्थ जलेर नष्ट भएका जानकारी दिए।

प्रकाशित: २४ चैत २०८० १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =