ललितपुरको आनन्द वनमा भीषण डढेलो, निभाउन गएका एक जनाको मृत्यु

हिमाल प्रेस १८ वैशाख २०८१ १५:१५
62
SHARES
ललितपुरको आनन्द वनमा भीषण डढेलो, निभाउन गएका एक जनाको मृत्यु

काठमाडौँ- ललितपुरको गोदावरीस्थित बडिखेल वनमा डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका तीनमध्ये एकजनाको मृत्यु भएको छ। डढेलोमा जलेर स्थानीय शंकर पहारीको मृत्यु भएको हो।

जलेर गम्भीर घाइते भएका उनलाई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं एसएसपी शेखर खनालले जानकारी दिए।

सोही डढेलो निभाउने क्रममा जलेर अरू दुईजना घाइते छन्। कीर्तिपुर बर्न अस्पतालमै एकजनाको उपचार जारी छ। राष्ट्रिय ट्रमा सेन्टरमा अर्का एक घाइतेको उपचार भइरहेको गोदावरी नगरपालिकाले जनाएको छ।

गोदावरीकै लेले क्षेत्रको आनन्द वनमा डढेलो लाग्दा आनन्द वन अस्पताल पनि जोखिममा परेको छ। अस्पतालमा उपचाररत करिब ९० बिरामीलाई बज्रवाराही प्राथमिक स्वास्थ्य सेवा केन्द्र र अरू स्वास्थ्य चौकीहरूमा सारिएको छ।

प्रकाशित: १८ वैशाख २०८१ १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fourteen =