काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले प्राथमिक तहका शिक्षक योग्यताक्रम सूची शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाएको छ।
आयोगले ७७ वटै जिल्लागत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरणसहित स्थायी नियुक्तीका लागि मानव स्रोत विकास केन्द्रमा पठाएको हो।
आयोगले भनेकाे छ,‘आयोगबाट मिति २०७९/१२/०९ गते प्रकाशित विज्ञापन अनुसार प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको जिल्लागत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरणसहित स्थायी नियुक्तीका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरमा आयोगको मिति २०८०/१२/१४ गतेको निर्णयानुसार सिफारिस गरी पठाइसकिएको छ।’
याे पनि
७७ जिल्लाकै सूची
प्रकाशित: २० चैत २०८० १६:२८
प्रतिक्रिया