मानव स्रोत विकास केन्द्रले पठायो शिक्षक पदस्थापन विवरण

हिमाल प्रेस १९ चैत २०८० ११:००
1.2k
SHARES
मानव स्रोत विकास केन्द्रले पठायो शिक्षक पदस्थापन विवरण

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राथमिक तहका शिक्षक पदस्थापन गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई विवरण पठाएको छ। शिक्षा सेवा आयोगबाट सिफारिस भएका उम्मेदवारको विवरण एकाइहरूलाई पठाएर केन्द्रले नियुक्ति तथा पदस्थापनका लागि प्रक्रिया अघि बढाएको हो।

आयोगले शिक्षक पदस्थापनका आधार पनि एकाइहरूलाई पठाएको छ। शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षकको लिखित तथा अन्तर्वार्तामा समेत सफल भएका उम्मेदवारलाई नियुक्तिका लागि केन्द्रमा सिफारिस गरेको थियो।

केन्द्रले पठाएको विवरणअनुसार अब शिक्षा विकास तथा समन्वय एकाइले स्थायी नियुक्तिका लागि स्थानीय तह (गाउँपालिका/नगरापलिका) छनोटका लागि सूचना जारी गर्नेछ। यस क्रममा कुन तहमा कति शिक्षक दरबन्दी रिक्त छ, त्यसको विवरणसमेत एकाइले सार्वजनिक गर्नुपर्नेछ।

सोही आधारमा उम्मेदवारहरूले आफूले चाहेको पालिका रोजेर फाराम भर्नुपर्नेछ। एकाइले पालिकासँगको समन्वयमा रोजेको विद्यालयमा नियुक्ति दिनेछ। केन्द्रको निर्देशनपछि केही जिल्लाहरूले स्थानीय तह छनोटका लागि सूचना जारी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 16 =